TNA र TES को आर्थिक प्रस्ताव खोलिने सम्वन्धी सूचना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र

भैंसेपाटी, ललितपुर

आर्थिक प्रस्ताव खोलिने सम्बन्धी सूचना

(प्रकाशित मिति २०७४।५।२३)

 

यस केन्द्रबाट आ.व. २०७४/७५ मा संचालन हुने व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA) र व्यावसायिक तथा सीप विकास तालिम प्रभावकारिता अध्ययन (TES) कार्यक्रम संचालन गर्नको लागि प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएकोमा म्याद भित्र रीतपूर्वक पेश हुन आएका प्रस्तावहरु मध्ये मिति २०७४।०५।०१ मा प्राविधिक प्रस्ताव खोली निर्धारित मूल्यांकन मापदण्डका आधारमा मूल्यांकन गर्दा प्राविधिक प्रस्तावको मूल्यांकनमा उत्तीर्णाङ्क प्राप्त गर्ने तपसिल बमोजिमका परामर्शदाताको आर्थिक प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले ८(आठौं) दिन २०७४।०५।३० गते दिनको १:०० बजे यस केन्द्रमा खोलिने भएकोले सो कार्यमा सम्बन्धित परामर्शदाताका आधिकारिक प्रतिनिधिको उपस्थितीको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७८ को प्रयोजनार्थ मिति २०७४।०५।२३ को निर्णयानुसार वर्णानुक्रम अनुरुप यो सूचना प्रकाशित गरिएको छ ।

 

प्राविधिक प्रस्तावमा उत्तीर्ण परामर्शदाताहरु

विषयः व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA)

क्र.सं.    परामर्शदाताको नाम, ठेगाना

  • श्री ए एस के सोलुसन्स, नयांवानेश्वर, काठमाडौं
  • श्री काउन्सिल एण्ड काउन्सिल प्रा लि , नयांवानेश्वर काठमाडौं
  • श्री भर्टेक्स कन्सल्ट प्रा लि लाजिम्पाट
  • श्री मोलुङ्ग फाउण्डेशन कोटेश्वर , काठमाडौं
  • श्री राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र, सानोठिमी भक्तपुर
  • श्री राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मी
  • श्री सामुदायिक तथा व्यावसायिक विकास प्रवर्दन समाज विदुर, नुवाकोट

 

विषयः व्यावसायिक तथा सीप विकास तालिम प्रभावकारिता अध्ययन (TES)

क्र.सं.    परामर्शदाताको नाम, ठेगाना

  • श्री ए‍ एस के सोलुसन्स नयांबानेश्वर, काठमाडौ
  • श्री काउन्सिल एण्ड काउन्सिल प्रा लि , नयांवानेश्वर काठमाडौं
  • श्री गोरखकाली मनकामना अध्ययन अनुशन्धान केन्द्र सानिठिमी, भक्तपुर
  • श्री भर्टेक्स कन्सल्ट प्रा लि लाजिम्पाट
  • श्री मोलुङ्ग फाउण्डेशन कोटेश्वर , काठमाडौं
  • श्री राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र -gf8]{s_ गुल्मी

 

 

साथै, उपरोक्तानुसारको सूचीमा समावेश हुन नसकेका प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदातृ संस्थाहरुले आधिकारिक पत्र लिई आफ्नो आर्थिक प्रस्ताव फिर्ता बुझिलिनु हुन समेत यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।