नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र
भैसेंपाटी, ललितपुर
सीप विकास तालीम सञ्चालनको लागि दरखास्त आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०७४/फागुन/०८
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र¸ भैसेंपाटी¸ ललितपुरवाट आ.व.२०७४/०७५ को तेश्रो सत्रमा सञ्चालन गरिने ३/१.५ महिने तालीमहरु सञ्चालन गर्न/गराउन इच्छुक स्थानीय निकाय, गैर नाफामूलक गैरसरकारी सामुदायिक वा सामाजिक संघ संस्थाहरु र व्यक्तिगत आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्रमा प्रस्ताव पेश गर्नुहुन र व्यक्तिगत आवेदकहरुले आवेदन फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ । प्रशिक्षार्थीहरुवाट तालीम वापत कुनै शुःल्क लिइने छैन र तालीम सामग्री उपकरण र प्रशिक्षक वाहेक थप सुविधा पनि दिइने छैन ।
०१. स्थानीय निकाय, गैर नाफामूलक गैरसरकारी सामुदायिक वा सामाजिक संघ संस्थाहरुको सहकार्यमा निःशुल्क सञ्चालन गरिने तालीमहरु:
| सि.नं. | तालीमको विषय | तालीमको अवधि | न्युनतम शैक्षिक योग्यता | प्रस्ताव फाराम पाईने स्थान |
| १ | ब्युटिसियन | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र¸ भैसेंपाटी¸ ललितपुर
सम्पर्क नं. ०१-५५९०२५४ |
| २ | कटाई सिलाई | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | |
| ३ | विद्मुत जडान | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | |
| ४ | प्लम्बिङ | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | |
| ५ | ढाका बुनाई | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | |
| ६ | इलेक्ट्रोनिक्स मर्मत | ३ महिने (३९० घण्टा) | कक्षा १० उत्तिर्ण |
तालीम सञ्चालन गर्न इच्छुक निकाय वा संघसंस्थाहरुले पालना गर्नुपर्ने शर्तहरुः
१.१. संघसंस्थाहरुले दर्ता प्रमाणपत्र¸ अद्मावधिक नवीकरणको प्रमाण¸ समाज कल्याण परिषदमा आवद्धताको प्रमाण¸ पान नं./मु.अ.क. दर्ता¸ स्वीकृत विधानको प्रतिलिपि संलग्न राखी संस्थाको आधिकारिक पदाधिकारीवाट लिखित अनुरोधपत्र सहित तोकिएको प्रस्ताव फाराम शुःल्क रु. २००/- तिरी भैसेंपाटी केन्द्रवाट प्राप्त गर्न सकिनेछ । मिति २०७४/फागुन/२८ गते कार्यालय समय भित्र प्रस्ताव फाराम बुझाइ सक्नुपर्नेछ । कागजातका प्रतिलिपी वेगर प्रस्ताव फाराम खरिद गर्न र बुझाउन पाईने छैन ।
१.२. तालीम सञ्चालन गर्न योग्य भई छनौट भएका संघसंस्थाले भैसेंपाटी केन्द्रवाट तालीम समापन भएपछि फिर्ता हुने गरी तालीम सामग्री¸ तालीम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक प्राप्त गर्नेछन । तालीम सञ्चालनका लागि थप व्यवस्थापन एवं तालीम कक्ष लगायतका सुविधा संघसंस्थाहरुले नै निशुःल्क उपलब्ध गराउनुपर्नेछ । प्रशिक्षार्थीहरु सगँ कुनै शुःल्क लिन पाइने छैन ।
१.३. तालीम केन्द्र र छनौट भएका तालीम प्रदायक संघसंस्थाहरुमा सञ्चालन हुने तालीमहरु दैनिक औषत ५ देखी ६ कार्यघण्टा ३ महिना (३९० कार्यघण्टा) सञ्चालन गर्नुपर्नेछ ।
०२. व्यावसायिक तथा सीप विकास तालीम केन्द्र¸ भैसेंपाटीमा सञ्चालन गरिने नि:शुल्क तालीमहरु:
| सि.नं. | तालीमको विषय | तालीमको अवधि | न्युनतम योग्यता | तालीम सञ्चालन हुने स्थान | आवेदन फाराम पाईने स्थान |
| १ | ब्युटिसियन एडभान्स | १.५ महिने (१९५ घण्टा) | सम्बन्धित विषयमा कम्तिमा ३ महिना तालिम लिएको प्रमाणपत्र | भैसेंपाटी¸ ललितपुर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र¸ भैसेंपाटी¸ ललितपुर |
| २ | कटाई सिलाई एडभान्स | १.५ महिने (१९५ घण्टा) | सम्बन्धित विषयमा कम्तिमा ३ महिना तालिम लिएको प्रमाणपत्र | भैसेंपाटी¸ ललितपुर | |
| ३ | विद्मुत जडान | ३ महिने (३९० घण्टा) | कक्षा ८ उत्तिर्ण | त्रिपुरेश्वर¸ काठमाण्डौ | त्रिपुरेश्वर (फोन नं. 01-4259937) |
तालीम लिन इच्छुक आवेदकहरुले पालना गर्नुपर्ने शर्तहरुः
२.१. प्रशिक्षार्थी आवेदन फाराममा रु. १० को टिकट टाँसी नेपाली नागरिकता र न्युनतम योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी राखी २०७४/फागुन/२८ गते (सो दिन विदा परेमा भोलीपल्ट) सम्म कार्यालय समय भित्र उल्लेखित स्थानमा पेश गर्नुपर्नेछ । अन्तर्वार्ता मिति २०७४/चैत्र/०९ गते र नतिजा प्रकाशन मिति २०७४/चैत्र/१६ मा हुनेछ ।
२.२. तालीममा छनौट भएका उम्मेदवारहरु चैत्र १८ गते तालीममा सहभागी हुनुपर्नेछ । चैत्र २२ गते भित्र भर्ना नहुनेहरुको स्थानमा वैकल्पिक उम्मेदवारलाई तालिममा सहभागी गराइनेछ ।
२.३. दलित¸ अपाङ्ग¸ शहिद परिवार¸ विपन्न¸ एकल महिला र भुकम्प पिडित व्यक्ति तथा परिवार एवं प्रवेशिका अनुत्तिर्णहरुलाई प्राथमिकता दिइनेछ ।
२.४. तालीम लिन इच्छुक उम्मेदवारको उमेर १८ – ४० बर्षको हुनुपर्नेछ । प्रशिक्षार्थीको छनौट अन्तर्वार्तावाट गरिनेछ । एक समूहमा औषत २० – २५ जना प्रशिक्षार्थीहरुलाई सहभागी गराइनेछ ।
सम्पर्क: ०१-५५९०२५४
