नेपाल सरकार
श्रम तथा राेजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र
(विभाग स्तरीय कार्यालय)
भैंसेपाटी ललितपुर
मौजुदा सूची दर्ता गर्ने सम्वन्धी सूचना
प्रथम पटक प्रकािशत मिति २०७४/०४/०१
यस केन्द्रमा आ.व.०७४।७५को लागि आवश्यक पर्ने सामान तथा सेवा उपलव्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार सूची दर्ताको लागि प्रथम पटक सूचना प्रकाशित मितिले १५(पन्ध्र) दिनभित्र आवश्यक कागजातहरु नोटरी पब्लिकबाट प्रमाणित गराई यस केन्द्रमा दरखास्त दर्ता गराउन सूचना प्रकाशित गरिएको छ ।
समूह क) तालीम सामग्री आपूर्ति
१. केश श्रृंगार तालीम सम्बन्धी सामानहरु
२. मोटरसाईकल मर्मत तालीम सम्बन्धी सामानहरु
३. सिलाई कटाई तालीम सम्बन्धी सामानहरु
४. प्लम्बिङ्ग तालीम सम्बन्धी सामानहरु
५. विद्युत जडान तालीम सम्बन्धी सामानहरु
६. अटोमोवाइल मेकानिक्स तालीम सम्बन्धी सामानहरु
७. इलेक्ट्रोनिक्स मर्मत तालीम सम्बन्धी सामानहरु
८. कम्प्यूटर तालीम सम्बन्धी सामानहरु
९. जनरल मेकानिक्स तालीम सम्बन्धी सामानहरु
१०. ढाका बुनाई तालीम सम्बन्धी सामानहरु
समूह ख) मालसामान आपूर्ति
१. स्टेशनरी सामानहरु (मसलन्द तथा विविध)
२. छपाई सम्बन्धी सामानहरु
३. फर्निचर खरिद (काठ, स्टील र फर्निसिङ्ग)
४. खानेपानी आपूर्ति सम्बन्धी कार्य
५. मेशीनरी औजारहरु
६. विद्युतीय सामग्री तथा उपकरण
समूह ग) परामर्श, विशेषज्ञ सेवा÷अन्य सेवा
१. परामर्श तथा सेवा सम्बन्धी कार्य (विभिन्न)
२. विज्ञापन प्रकाशन तथा प्रसारण
३. सरसफाई सम्बन्धी काम
४. सफ्टवेयर निर्माण तथा जडान
५. क्षमता अभिवृद्धि तथा पूनर्ताजगी तालीम
६. तालीम पाठ्यक्रम निर्माण तथा परिमार्जन
७. इन्टरनेट सेवा, वेव पेज डिजाइन, निर्माण तथा परिमार्जन
समूह घ) निर्माण तथा मर्मत
१. कम्प्यूटर, फोटोकपी फ्याक्स, प्रिन्टर, स्क्यानर आदि मर्मत
२. फर्निचर मर्मत
३. सवारी साधन मर्मत
४. विद्युतीकरण, विद्युतीय सामग्री तथा उपकरण मर्मत ५. निर्माण तथा मर्मत संभार
६. रंगरोगन सम्बन्धी सामानहरु
७. सिलाई मेसिन मर्मत
दरखास्त साथ पेश गर्नुपर्ने कागजात
१. फर्म दर्ता प्रमाणपत्रको छायाँप्रति (नवीकरण सहितको)
२. व्यवसाय दर्ता तथा नवीकरण (व्यवसाय संचालन गर्न अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने कार्यहरुको सम्बन्धमा)
३. स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको छायाँप्रति (मूल्य अभिवृद्धि करमा दर्ता हुन नपर्नेको हकमा सोको आधिकारिक कागजातको छायाँप्रति)
४. आ.व.०७२।७३ सम्मको कर चुक्ता प्रमाणपत्रको छायाँप्रति
५. कालो सूचीमा नपरेको वा कुनै निकायबाट तोकिएको वस्तु वा सेवा प्रदान गर्ने कार्य निषेध नगरेको स्वघोषणा
६. विगत वर्षहरुमा काम गरेका अनुभव एवं सम्वन्धित क्षेत्रमा विशेषज्ञता भएमा सो समेत ।
७. विशेषज्ञ सेवाका लागि दरखास्त दिंदा व्यक्तिको हकमा विस्तृत बायोडाटामा शैक्षिक योग्यता, तालीम र सम्बन्धित विषय क्षेत्रमा अनुभव समेतको विवरण र संस्थाको हकमा हालसम्म गरेको कार्यको विवरण सहितको प्रोफाइल र संस्थाका सदस्यको विस्तृत बायोडाटा पेश गर्नुपर्नेछ ।
सम्बन्धित कामको इजाजत प्राप्त फर्म, कम्पनी वा संस्थाले प्रत्येक समूहको लागि विषय समेत खुलाई छुट्टाछुट्टै दरखास्त दर्ता गराउनुपर्नेछ । रीत नपुगी र म्याद नाघी आएको दरखास्तलाई मान्यता दिइने छैन । प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस केन्द्रमा सुरक्षित रहनेछ ।
