नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र
भैंसेपाटी ललितपुर
बस्तुगत सहायता उपलब्ध गराउने सम्वन्धी सूचना
प्रथम पटक प्रकाशित मिति
(२०७४।१०।२९)
यस तालिम केन्द्रको चालू आ व २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यावसयिक तथा सीप विकास तालिम केन्द्रबाट सीपमूलक तालिम लिई स्वरोजगार तथा रोजगारमा संलग्न रहेका वा संलग्न हुन इच्छुक लक्षित समूहका ब्यक्तिहरुबाट बस्तुगत सहायता वितरणका लागि देहाय बमोजिम हुने गरी आवेदन अव्ह्यन गरिएको छ ।
- यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र सम्वन्धित व्यावसायिक तथा सीप विकास तालिम केन्द्र वा जिल्ला विकास समितिको कार्यालयमा रीतपूर्वक आवेदन भर्न सकिनेछ ।
- आवेदन फारामको नमूना तथा आवेदन पत्रसाथ संलग्न हुनुपर्ने कागजातहरुको विवरण सम्वन्धित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
- गत आ व २०७३/०७४ को दोस्रो सत्र र चालू आ व २०७४/०७५ को पहिलो सत्रमा यस तालीम केन्द्र वा अन्तर्गतका तालिम केन्द्रहरुबाट तालिम लिएका प्रशिक्षार्थीहरुले बस्तुगत सहायताको लागि आवेदन भर्न सक्नुहुनेछ । तर यस पूर्व यस केन्द्र वा अन्तर्गतका केन्द्रहरुबाट यस्तो सहायता लिइसकेका प्रशिक्षार्थीहरुले यस कार्यक्रममा सहभागी हुन सक्ने छैनन् ।
- यस सम्वन्धमा अन्य कुरा वुझ्नु परेमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीको योजना शाखा वा नजिकको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा सम्पर्क राख्न सकिनेछ ।
विस्तृत जानकारीको लागि ५५९१५०४ सम्पर्क गर्न सक्नुहुनेछ ।
