प्रस्ताव स्वीकृत सम्वन्धी आशयको सूचना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र

भैंसेपाटी, ललितपुर

प्रस्ताव स्वीकृती सम्बन्धी आशयको सूचना

(प्रकाशित मिति २०७४।०६।०६)

यस केन्द्रबाट आ.व. २०७४/७५ मा संचालन हुने व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA) र व्यावसायिक तथा सीप विकास तालिम प्रभावकारिता अध्ययन (TES) कार्यक्रम संचालन गर्नको लागि म्यादभित्र रीतपूर्वक पेश हुन आएका प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त्त मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने परामर्शदाताको सूची लगायत अन्य परामर्शदाताहरुको समेत सूची योग्यताक्रम अनुसार उल्लेख गरिएको छ । उल्लेखित परामर्शदाता मध्ये योग्यताक्रम १ मा पर्न सफल भएका परामर्शदाताहरुको प्रस्ताव स्वीकृत गर्ने यस तालिम केन्द्रको मिति २०७४।०६।०६ को निर्णय बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ को उपदफा (२) र (३)  को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । साथै व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA) को हकमा श्री राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मी र श्री मोलुङ फाउण्डेशन कोटेश्वर काठमाडौं तथा TES को हकमा श्री राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) गुल्मीले  पेश गरेको आर्थिक प्रस्ताव यस केन्द्रको विनियोजित रकम भन्दा वढी भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३६  (१) ख  बमोजिम उक्त प्रस्ताव अस्वीकृत गरिएको व्यहोरा अनुरोध छ ।

 

विषयः व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA)

योग्यताक्रम संख्या   परामर्शदाताको नाम, ठेगाना

  • श्री राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र सानोठिमी भक्तपुर
  • श्री ए एस के सोलुसन्स नयांवानेश्वर काठमाडौं
  • श्री काउन्सिल एण्ड काउन्सिल प्रा लि नयांवानेश्वर काठमाडौं
  • श्री भर्टेक्स कन्सल्ट प्रा लि लाजिम्पाट काठमाडौं
  • श्री सामुदायिक तथा व्यावसायिक विकास प्रवर्दन समाज विदुर नुवाकोट

 

विषयः व्यावसायिक तथा सीप विकास तालिम प्रभावकारिता अध्ययन (TES)

योग्यताक्रम संख्या    परामर्शदाताको नाम, ठेगाना

  • श्री मोलुङ फाउण्डेशन कोटेश्वर काठमाडौं
  • श्री ए एस के सोलुसन्स नयांवानेश्वर काठमाडौं
  • श्री काउन्सिल एण्ड काउन्सिल प्रा लि नयांवानेश्वर काठमाडौं
  • श्री गोरखकाली मनकामना अध्ययन अनुशन्धान केन्द्र सानोठिमी भक्तपुर
  • श्री भर्टेक्स कन्सल्ट प्रा लि लाजिम्पाट काठमाडौं