प्रस्ताव माग गरिएको सूचना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र

भैंसेपाटी, ललितपुर

प्रस्ताव माग गरिएको सूचना

प्रकाशित मितिः २०७४।४।१८

यस तालिम केन्द्रको आ.व. २०७४/७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहायका कार्यहरु परामर्श सेवा मार्फत सम्पादन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाताहरुले आवश्यक कागजातसहित  मिति २०७४।४।३२ भित्र यस केन्द्रको नीति, योजना तथा कार्यक्रम शाखामा आईपुग्ने गरी प्रस्ताव पेश गर्न यो सूचना आव्हान गरिएको छ  ।

१    व्यावसायिक तथा सीप विकास तालिम आवश्यकता पहिचान (TNA)

२    व्यावसायिक तथा सीप विकास तालिम प्रभावकारिता अध्ययन (TES)

  • प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टा छुट्टै सीलवन्दी खाममा राखी पुनः दुवैलाई एउटै खाममा सीलवन्दी गर्नुपर्नेछ ।
  • प्रस्ताव पेश भएको भोलीपल्ट अर्थात मिति २०७४।५।०१ गते दिउसो १:०० बजे पेश भएका प्रस्तावहरु सम्वन्धित सबैको रोहवरमा खोलिनेछ ।
  • प्रस्ताव फाराम यस केन्द्रको योजना शाखाबाट रु १०००।–(रुपैंया एक हजार मात्र, फिर्ता नहुने)  बुझाई प्राप्त गर्न सकिनेछ । यसका लागि पत्र सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नं र मू.अ. करमा दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
  • शैक्षिक योग्यता, अनुभव तथा तालिम सम्वन्धी प्रमाणपत्रको प्रतिलिपि पेश भएमा मात्र अंक प्रदान गरिनेछ । प्रमाणपत्रहरुको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित गरिएको हुनुपर्नेछ ।
  • कसैले दुबै बिषयको प्रस्ताव पेश गर्न चाहेमा अलग अलग खाममा राखी बुझाउनु पर्नेछ ।
  • प्रस्ताव कुनै कारण जनाई वा नजनाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस केन्द्रमा निहित रहनेछ ।
  • यस सम्वन्धी थप जानकारीका लागि यस केन्द्रको योजना शाखा वा फोन नं. ०१५५९१५०४ मा सम्पर्क गर्न सकिनेछ साथै यो सूचना यस केन्द्रको वेव ठेगाना training.gov.np मा समेत हेर्न सकिनेछ ।
  • अन्य सबै कुरा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ मा व्यवस्था भएबमोजिम हुनेछ ।