नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र
भैसेपाटी, ललितपुर ।
तालीम सामग्री तथा कार्यालय सञ्चालनका लागि आवश्यक मालसामानको शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी विस्तृत सूचना
दरभाउपत्र आव्हान नं. ०२/०७४/७५
गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०७४।०६।२२ मा प्रकाशित
आ.व.०७४/७५ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्र्तगत तालीम सामग्री तथा कार्यालय सञ्चालन मालसामानहरु शिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही लबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
शर्तहरु :
१. यो सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले १५(पन्ध्र)औं दिनको कार्यालय समयभित्र र सो दिन सार्वजनिक बिदा परे सोको भोलिपल्ट सम्म शिलबन्दी फाराम वापत रु.१,०००।–(एक हजार) (पछि फिर्ता नहुने गरी) दस्तुर दाखिला गरेको नगदी रसिद, चालु आ.व.को नवीकरण गरिएको फर्म दर्ता प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाणपत्र (आवश्यक पर्ने अवस्थामा), मू.अ.कर.मा दर्ता भएको स्थायी लेखा.नं. (PAN) दर्ता प्रमाण पत्र र सम्वन्धित आन्तरिक राजश्व कार्यालयको आ.व.०७३/०७४ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी नोटरी पव्लिकवाट प्रमाणित गराई रु.१०।– को टिकट टाँस गरेको रितपूर्वकको निवेदन पेश गरेपश्चात् यस केन्द्रका जिन्सी फाँटबाट दरभाउपत्र फारम खरिद गर्न सकिनेछ ।
२. दरभाउपत्र फाराम खरिद गर्न स्वयम् दरभाउपत्रदाता उपस्थित हुन नसकेमा मञ्जुरीनामा (निवेदन) बाट पनि खरिद गर्न सकिनेछ । तर त्यस्तो मञ्जुरीनामा (निवेदन) एक फर्म एक व्यक्ति लाई मात्र मान्य हुनेछ ।
३. खरिद भएको दरभाउपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६औं दिनको दिउसो १२.०० बजे भित्र र सो दिन विदा परेमा सो को भोलिपल्ट सोही समय भित्र सम्वन्धित व्यक्ति, कम्पनी फर्म वा सप्लायर्सको आधिकारिक व्यक्तिले स्पष्टसंग भरी दस्तखत गरी कम्पनी वा फर्मको छाप लगाई शिलबन्दी गरी यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । रितपूर्वक दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरु १६औं दिनको ३:०० बजे देखि दरभाउपत्रदाता वा निजको प्रतिनिधि तथा कार्यालय प्रतिनिधिहरुको रोहवरमा यस तालीम केन्द्रमा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्ने कार्यमा बाधा पुग्ने छैन ।
४. शिलबन्दीसाथ धरौटी वापत व्यावसायिक तथा सीप विकास तालीम केन्द्र, भैंसेपाटीको नाममा जारी भएको रु.५९४००।– (अक्षेरुपि उनान्साठी हजार चारसय मात्र) रकम को को.ले.नि.का.ललितपुरको नेपाल बैंक लिमिटेड, गावहाल शाखामा रहेको एकल धरौटी खाता हि.नं. ०१८०–५१–००१६८५६ मा जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त नेपालभित्रको कुनै बाणिज्य बैंकले यस कार्यालयको पक्षमा जारी गरेको दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति देखि गणना हुने गरी कम्तीमा ९० दिन म्याद भएको शर्तरहित बैंक ग्यारेन्टी (बिड बन्ड) पेश गर्नुपर्नेछ ।
५. दरभाउपत्र फाराममा उल्लेखित परिमाण आवश्यकता अनुसार थपघट गर्नु परेमा दरभाउपत्रदाताले स्वीकार गर्नु पर्नेछ ।
६. दरभाउपत्र फाराम भर्दा ठेक्काका शर्तहरु पूरा अध्ययन गरी स्पष्ट संग भर्नुपर्नेछ ।
७. दरभाउपत्र मूल्यांकन तथा स्वीकृतिको निर्णय न्यूनतम मुल्य र अन्य प्राविधिक पक्ष समेतका आधारमा गरिनेछ ।
८. दरभाउपत्र रकम उल्लेख गर्दा मू.अ.कर.बाहेकको दररेट अंक र अक्षर दुवैमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ । केरमेट वा थपघट गर्नुपर्ने भएमा केरमेट वा थपघट गरिएको ठाउँमा आधिकारिक व्यक्तिको हस्ताक्षर सहित छाप हुनुपर्नेछ । म्याद नाघि आएको वा रीत नपुगी पर्न आएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
९. दरभाउपत्र स्वीकृत भएपछि सम्झौता गर्न आउदा कबोल अकंको ५ प्रतिशतले हुन आउने रकम बरावरको बैंक जमानत( परफरमेन्स बन्ड ) वा नगद धरौटी माथी उल्लेखित खातामा दाखिला गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्नेछ ।
१०. यस सूचनामा नपरेका दरभाउपत्र सम्वन्धी कागजातहरु लगायत अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन सहित) तथा प्रचलित ऐन नियम अनुसार हुनेछ । साथै थप अन्य कुराहरु बुझ्न आवश्यक परेमा यस केन्द्रको फो.न. ५५९०२५४ र ५५९०८०० मा सम्पर्क गरि बुझ्न सकिनेछ । तथा यस केन्द्रको वेव ठेगाना www.training.gov.np बाट पनि यो सूचना हेर्न सकिनेछ ।
११. यो सूचनाको आधारमा माग गरिएको मालसामानहरु कार्यालयको आवश्यकता बमोजिम मात्र खरिद गरिने हुंदा मालसामान खरिद गर्दा थप घट समेत हुन सक्नेछ ।
| सि.नं. | दरभाउपत्र नं. | दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति | दरभाउपत्र खोलिने मिति र समय | लागत अंक
रु. (भ्या६ सहित)
|
दरभाउपत्र फाराम दस्तुर | दरभाउपत्र जमानत रकम र मान्य अवधि
|
|
| जमानत | मान्य अवधि | ||||||
| १ | ०२/२०७४/७५ | २०७४/७/६ गते १२:०० वजेसम्म | २०७४/७/६ गते ३:०० वजे | १९,८०,००० | १००० | रु ५९,४०० | ९० दिन |
