तालिम कार्यक्रम संचालनको लागि आशयपत्र माग गरिएको सूचना

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी,ललितपुर

तालिम कार्यक्रम संचालन गर्नको लागि आशयपत्र माग गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०७४।०४।१०

 

१. व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैसेपाटीबाट आ.व. २०७४/७५ को लागि वैदेशिक एवं यूवा स्वरोजगार सम्बन्धी विशेष सीप विकास तालिम तोकिएको विषय, अवधि, समूह, संख्या र स्थानमा सञ्चालन गर्नुपर्ने भएकोले इच्छुक फर्म, संस्था वा कम्पनीहरुसँग आशयपत्र माग गरिएको छ ।

२. प्रस्तावित तालिम कार्यक्रमको खर्च नेपाल सरकारको श्रोतबाट व्यहोरिनेछ ।

३. तालिमको क्षेत्र

क) कृषिक्षेत्रसँग सम्बन्धित विषयहरु (ख) निर्माणक्षेत्रसँग सम्बन्धित विषयहरु (ग) होटल, पर्यटन तथा बजार व्यवस्थापन क्षेत्र (घ) सुरक्षा गार्ड (ङ) मोबाइल रिपेयरिङ्ग

४. तालिम सञ्चालन गर्नुपर्ने स्थान :— बाग्मती अञ्चल भित्र (धादिङ्ग जिल्ला बाहेक)

५. आशयपत्रदाता फर्म, संस्था वा कम्पनीको योग्यता देहाय बमोजिम हुनुपर्नेछ :

क) फर्म, संस्था वा कम्पनी सम्बन्धित कार्य गर्ने गरी दर्ता÷नवीकरण भएको  (ख) स्थाई लेखा नं. र मू.अ.करमा दर्ता भएको  (ग) समान प्रकृतिको काममा विगत ५ वर्ष देखि संस्थागत कार्य गरेको अनुभव भएको  (ग) प्राविधिक आर्थिक क्षमता, अनुभव र योग्यता सम्वन्धित विषयको तालिम दिलाउने कामको लागि ग्राह्य भएको (घ) आशय पत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको उद्देश्य सम्बन्धित तालिम संचालन गर्न मिल्ने देखिएको (ङ) कुनै निकायबाट स्वीकृति लिई सञ्चालन गर्नुपर्ने तालिमको हकमा सो निकायबाट स्वीकृति लिएको ।

६. आशयपत्रदाताले पेश गर्नुपर्ने कागजात र विवरण देहाय अनुसार हुनेछ :

क) फर्म, संस्था वा कम्पनीको दर्ता प्रमाणपत्र, स्थाई लेखा नं. र मू.अ.करमा दर्ता प्रमाण पत्रको प्रतिलिपि

ख) आ.व. २०७२/७३ सम्मको कर चुक्ता प्रमाणपत्रकोे प्रतिलिपि र सोही आ.व.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि

ग) फर्म, संस्था वा कम्पनीहरुको विवरण, संगठन र जनशक्ति साथै प्रबन्धपत्र र नियमावली÷विधानको प्रतिलिपी

घ) संयुक्त उपक्रममा कार्य गर्ने भए मुख्य र साझेदार कम्पनी (एक मात्र) को नाम, ठेगाना सहितको विवरण र मुख्य भई काम गर्ने फर्म वा कम्पनीको नाम र सम्पादन गर्ने कामको अंश (ङ) विगत ५ वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम, स्थानको विवरण (च) प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको वैयक्तिक विवरण

७. आशयपत्रदाताको योग्यता, अनुभव र क्षमताको मुल्याड्ढन गरी केन्द्रले सम्बन्धित परामर्श सेवा दिन सक्ने योग्य आशयपत्रदाताहरुको छनौट गरी संक्षिप्त सूची तयार गर्नेछ । संक्षिप्त सूचीमा परेका फर्म, कम्पनी, संस्थाबाट मात्र परामर्श सेवा प्राप्त (तालीम कार्यक्रम संचालन) गर्न प्राविधिक र आर्थिक प्रस्ताव माग गरिनेछ ।

८. प्रस्तावित कार्यक्रम सम्पन्न गर्न लाग्ने समय २०७५ बैशाख मसान्त सम्म रहनेछ ।

९. आशयपत्र पेश गर्ने फर्म, कम्पनी र संस्थाहरुले एक भन्दा बढी विषयको लागि छुट्टाछुट्टै आशयपत्र पेश गर्नुपर्नेछ ।

१०. आशयपत्र सम्बन्धी प्रस्ताव फाराम यस केन्द्रको तालिम व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन शाखाबाट रु. १०००।— रुपैंया एक हजार मात्र, फिर्ता नहुने) बुझाई प्राप्त गर्न सकिनेछ । यसका लागि पत्र सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं. र मू.अ.करमा दर्ता प्रमाण पत्रको प्रतिलिपि तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

११. यो सूचना प्रकाशित मितिले १५औं दिनको कार्यालय समय भित्र केन्द्रको कार्यालय भैसेपाटी, ललितपुरमा आशयपत्र शिलबन्दी गरी दर्ता गर्नुपर्नेछ । अन्तिम मितिको दिन विदा परेमा सोको भोलीपल्ट कार्यालय समयमा दर्ता गर्नुपर्नेछ । म्याद नाघी वा रीत नपुगी प्राप्त आशय पत्र उपर कुनै कारवाही गरिने छैन ।

१२. आशय पत्रदाताहरुबाट पेश गरिने कागजातहरुको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित गरिएको हुनुपर्नेछ ।

१३. आशय पत्र कुनै कारण जनाइ वा नजनाई छनौट र सूचिकृत गर्ने वा नगर्ने अधिकार केन्द्रमा निहित रहनेछ ।

१४.   यस सम्बन्धी थप जानकारीको लागि यस केन्द्रको तालिम व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन शाखा वा फोन नं. ०१५५९०८०१ मा सम्पर्क गर्न सकिनेछ साथै यो सूचना यस केन्द्रको वेव ठेगाना www.training.gov.np वा www.vsdtc.gov.np मा समेत हेर्न सकिनेछ ।