नेपाल सरकार
श्रम तथा राेजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुरको
आशयपत्र खोल्ने सम्वन्धी सूचना
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुरको वैदिशक एवं युवा स्वरोजगार सम्वन्धी विशेष सीप विकास तालिम कार्यक्रम संचालनको लागि मिति २०७४।४।१० को गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न संस्था,फर्म, कम्पनीहरुबाट प्राप्त हुन आएका आशयपत्रहरु मिति २०७४।०५।०४ गते दिउसाे ११ वजे आशयपत्र खोलिने भएकाे हुंदा सम्वन्धित संस्था,फर्म, कम्पनीहरुका पदाधिकारीहरुको उपस्थितीको लागि अनुरोध छ ।
