ध्येय

आधारभूत (६ महिने एवं अपग्रेडिङ तालिम)

व्यावसायिक तथा सिप विकास तालिम निर्देशनालयमा विगत लामो समय देखि संचालन भई रहेका व्यावसायिक तथा सीप विकास आधारभूत तालिम (६ महिने) जनरल-मेकानिक्स, विद्युतजडान, प्लम्बीङ्ग, मोटरसाइकल मर्मत, अटोमेकानिक्स, सिलाई कर्टाई, वेतवाँस, इलेक्ट्रोनिक्स मर्मत, कम्प्यूटर वेल्डिङ, केशश्रृगार,पम्मसेट मेकानिक्स, केशश्रृगार अपग्रेडिङ्ग, प्लम्बिङ अपग्रेडिङ, विद्युतजडान अपग्रेडिङ्ग, आदि तालिमहरु थप विस्तारितरुपमा संचालन गरिने छन्।


अल्पकालीन – सीपमूलक तालिम

केशश्रृगार, कम्प्यूटर, बुटिक, इम्ब्रोइडरी, दुवोको माला र बुकी बनाउने, फेशनडिजाइनिङ, कम्प्यूटर हार्डवेयर, अचार बनाउने दालमोठ/भुजिया/आलुचिप्स, साबुन बनाउने, स्क्वास, सस बनाउने पोतेको सामान बनाउने, जाम पेन्टिङ्ग, भिडियोग्राफिक डिजाइनिङ, गुडिया बनाउने, नर्सरी व्यवस्थापन, सिलाई कर्टाई, हाते बुनाई, फोटो एडिटिङ आदि जस्ता विषयका अल्पकालिन तालिमहरु ग्रामिण समुदायका राज्यको श्रोत र साधाको उपभोगबाट बञ्चित वर्गसम्म पुर्‍याई संचालन गरिदै जानेछ ।


आवासिय महिला सम्बन्धी सीपमूलक तालिम

प्रत्येक आर्थिक बर्षमा करिब ६० जना महिलाको लागि विशेषतः दलित, जनजाती, पुनःस्थापित, आन्दोलनका र्घाईते तथा शहिदका परिवारलाई समावेश गरी ६/६ महिनामा १ सत्रमा ३० जना प्रशिक्षर्थीहरुलाई आवासीय सुविधा सहितको विभिन्न सीपमूलक, आयमूलक तालिमहरु संचालन गरिने कार्यक्रम रहेको छ। यस अर्न्तर्गत सिलाईबुनाई, पाकशिक्षा, पेन्टीङ, साक्षरता, इम्ब्रोइडरी, मैनबत्ती, चाउचाउ आदी बनाउने तालिमहरु प्रदान गरिन्छ। मौजुदा श्रोत साधनलाई वृद्धि गरी आवसिय महिला समबन्धी तालिम दिने संख्यामा आगामी दिनमा बृद्धि गर्दै लगिने छ। यस्ता लक्षित वर्गमा महिला दिदी-बहिनीहरुलाई उल्लेखित प्रकृतिका तालिमहरुको माध्यमबाट स्वरोजगारको वातावरण सिर्जना गरी विपन्न एवं पिछडिएका महिलाहरुको आत्मनिर्भर क्षमता विकास गर्दै लगिनेछ।


वैदेशिक एवं युवा स्वरोजगार सम्बन्धी विशेष सीप विकास तालिम

लक्षित वर्गहरु (विशेष गरी दलित, जनजाती, विपन्न, एवं पिछडिएका महिला, शहिदका परिवार पुन र्स्थापित, जनआन्दोलनका घाईते) को लागि प्राथमिकता दिइ विशेष सीप विकास तालिम संचालन गर्दै लगिने छ। विशेषसीप अर्न्तगत -४ हप्ता देखि ६ हप्ता सम्म) कुक, वेटर, सानाहोटल व्यवस्थापन, सेल्समेन, केयर गिभर, सुरक्षागार्ड, महिला सुरक्षा गार्ड, हाउस किपिङ, नर्सरी व्यवस्थापन तिना गार्डर्ङिग, च्याउखेती उत्पादन, भेजिटेवल फार्मर्-वर्कर र उड कार्भिङ्ग जस्ता वैदेशिक एवं स्वरोजगार खालका उल्लेखित लगायत विविध खाले सम-सामयिक राष्ट्रिय/अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप थप संख्यामा तालिम संचालन गर्दैलगि स्वरोजगार तथा वैदेशिक रोजगार अवसर उपलब्ध गर्राई युवा वर्गको आय-आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ।


उद्यमशिलता विकास सम्बन्धी तालिम:

व्यावसायिक एवं सीपमूलक तालिम लिई स्वरोजगार (व्यवसाय) को लागि क्रियाशिल महिला दिदी बहिनी तथा युवावर्गहरुलाई लक्षित गरी उद्ययमशिलता तालिम पनि संचालन गर्दै लगिने छ।
प्रस्तुत विषयक तालिमको माध्यमबाट जीवनयापनको गोरेटोमा अन्योलमा रहेका महिला दिदी, बहिनी तथा युवावर्गमा आशातित मार्गहरु प्रशस्त गर्ने कार्यमा टेवा पुर्‍याउने छ भने पेशा व्यवसायमा लागिसकेका वर्गलाई अझ उत्साहप्रदरुपमा मनोवल विकास भई पेशा व्यवसायको स्तरवृद्धिमा परिणाममुखी प्रतिफल प्राप्त हुनेछ।


पाठ्यक्रम:
संचालन/प्रयोजनमा आइरहेका विभिन्न खाले व्यावसायिक, सीपमूलक, वैदेशिक रोजगारमूलक तालिमका पाठ्यक्रमहरु सम-सामयिक स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप परिमार्जन गर्दै लाने तथा नयाँ परिवर्तित प्रविधि अनुरुपका आवश्यक तालिमका विषयहरुका पाठ्यक्रम समयानुकूल बनाउदै लगिने छ।